Kathmandu Press

मोवाइलको एकीकृत सेवा ‘मेरो फोन’बाट

मंगलबारबाट सञ्चालनमा ल्याइएको पसलबाट विभिन्न मोडलका मोवाइल फोन खरिद गर्न तथा मोवाइलमा आउने सबैखाले समस्या समाधानको सेवा दिइने सञ्चालक नवीन न्यौपानेले जानकारी दिए।
मोवाइलको एकीकृत सेवा ‘मेरो फोन’बाट

काठमाडौं, भदाै १० : मोवाइलको एकीकृत सेवा दिने उद्देश्यले काठमाडौंको सरस्वतीनगर कपनमा करिब १ करोड रुपैयाँको लगानीमा ‘मेरो फोन’ नामक मोबाइल पसल स्थापना गरिएको छ। 

मंगलबारबाट सञ्चालनमा ल्याइएको पसलबाट विभिन्न मोडलका मोवाइल फोन खरिद गर्न तथा मोवाइलमा आउने सबैखाले समस्या समाधानको सेवा दिइने सञ्चालक नवीन न्यौपानेले जानकारी दिए।

उनका अनुसार सामसुङ, एप्पल, ओप्पो, भिभो लगायतका अन्तरास्ट्रिय ब्रान्डका स्मार्टफोन, मोबाइलका सामान, मर्मत सेवा प्राप्त गर्न सकिनेछ। उनका अनुसार मोबाइल बीमाको सुविधासमेत प्राप्त गर्न सकिने मेरो फोनबाट किस्ताबन्दीमा मोवाइल खरिद गर्न पनि सकिनेछ। 

‘काठमाडौंवासीलाई गुणस्तरीय सेवा दिन तथा नयाँ प्रविधिको सहज पहुँच सुनिश्चित गर्न मेरो फोन सुरु गरिएको हो,’ न्यौपानेले भने। 

उद्घाटनको अवसरमा विशेष छुट तथा आकर्षक अफरहरू पनि सार्वजनिक गरिएको छ।
 

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, भदौ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्