Kathmandu Press

कांग्रेसले राज्यव्यवस्था समितिको सभापतिमा न्यौपानेलाई पठाउने  

न्यौपाने हाल संसदीय सुनुवाइ समितिकी सभापति छन्। न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय भएको हो। 
कांग्रेसले राज्यव्यवस्था समितिको सभापतिमा न्यौपानेलाई पठाउने  

काठमाडौं, भदौ १० : नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपानेलाई पठाउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो। 

न्यौपाने हाल संसदीय सुनुवाइ समितिकी सभापति छन्। न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय भएको हो। 

कुलिङ पिरियड प्रकरणमा मुछिएपछि समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएका थिए। 

समिति सभापतिका लागि मंगलबार मनोनयन र भोलि बुधबार मतदानको समय तोकिएको छ।

समिति सभापतिका लागि कांग्रेसबाट दिलेन्द्रप्रसाद बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतलगायत आकांक्षी थिए ।

प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, भदौ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्