Kathmandu Press

तीजका लागि पशुपतिमा सात सय जनशक्ति परिचालन

दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा हिजो राति २ बजेदेखि ड्युटी परिचालन भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए । 
तीजका लागि पशुपतिमा सात सय जनशक्ति परिचालन

काठमाडौँ, भदौ १० : तीजका लागि पशुपति क्षेत्रमा सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिएको छ  । 

जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् । दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा हिजो राति २ बजेदेखि ड्युटी परिचालन भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए । 

Hardik ivf

पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थापना गरिएको छ भने मेलाको सम्पूर्ण कमाण्ड नं। ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले गर्ने उनले बताए । 

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन गरिएको छ । 
 

प्रकाशित मिति: ०७:१० बजे, मंगलबार, भदौ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्