अर्को साता प्रहरीका आइजिपी र तीन एआइजीले अवकाश पाउँदै
आइजिपी थापाका ब्याची रहेका एआइजी टेकबहादुर तामाङ र सुदीप गिरी एकसाथ अवकास हुने छन्। प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा रहेका एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेर हदका कारण उनीहरु भन्दा तीन दिन अघि नै अवकास हुँदै छन्।
काठमाडौं, भदौ ९ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापासँगै तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) आगामी साता अवकाश पाएर घर फर्किने तयारीमा छन्।
आईजीपी थापासँगै अवकासका जान थालेका दुईजना एआईजी एउटै ब्याचका हुन्। उनीहरु ३० वर्षे सेवा अवधिका कारण अवकासमा जान लागेका हुन्।
आइजिपी थापाका ब्याची रहेका एआइजी टेकबहादुर तामाङ र सुदीप गिरी एकसाथ अवकास हुने छन्। प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा रहेका एआईजी कृष्णहरि शर्मा पोखरेल भने उमेर हदका कारण उनीहरु भन्दा तीन दिन अघि नै अवकास हुँदै छन्।
अवकासमा जान थालेका एआइजी तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हुन् भने गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख छन्। उनीहरु एकसाथ २०५२ कात्तिक २७ गते प्रहरी निरिक्षक पदमा नियुक्त भएका थिए ।
थापासहित तीनजना एआइजीको अवकासपछि हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका चन्द्रकुबेर खापुङ वरिष्ठताको आधारमा आइजिपीको रोलक्रममा रहने छन् । यद्धपी तीनजनाको अवकासपछि पनि खापुङसहित ५ एआईजी कार्यरत रहने छन् । खापुङसहित एआइजीहरु दानबहादुर कार्की, राजन अधिकारी, डा.मनोजकुमार केसी र सिद्धिविक्रम शाह सेवामा रहनेछन्।
कार्की हाल मानव स्रोत विकास विभाग प्रमुख, अधिकारी अपराध अनुसन्धान विभाग प्रमुख, केसी प्रदेश समन्वय विभाग प्रमुख र शाह कार्य विभाग प्रमुखमा कार्यरत छन्। उनीहरुमध्ये शाह ५३ साल र अरु तीन जना २०५४ सालमा प्रहरी निरिक्षकमा भर्ना भएका थिए।










