ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा
उनले शेरबहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एक पटक सम्झनुको अर्थ नभएको बताए।-(22)-1756119143.jpg)
काठमाडौं, भदौ ९ : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीले हप्तामा एकपटक प्रधानमन्त्री पद छाड्छु भनेर भन्नुको कुनै अर्थ नभएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘जीवन एक बिम्ब अनेक’ नामक मुक्तक संङग्रहको विमोचन कार्यक्रममा उनले पद छाड्छु भनेर सम्झिरहनु जरुरी नभएको बताए।
उनले शेरबहादुर देउवा र केपी ओलीले आलोपालो प्रधानमन्त्री चलाउने भनेर हप्तामा एक पटक सम्झनुको अर्थ नभएको बताए।
‘डर र लोभ दुई वटा कुराबाट हामी मुक्त नभई अगाडि बढ्न सक्दैँनौ। कांग्रेस अहिले ०८४ को चुनावमा के हुन्छ भन्ने चिन्ताबाट मुक्त हुनुपर्छ। कांग्रेस केबाट पनि मुक्त हुनुपर्छ भने अलि पछाडि प्रधानमन्त्रीको जिम्मेवारी आउँछ भनेर,’ उनले भने, ‘ओलीले जुन कुरा भन्नु हुन्छ नि, हामीले बिर्सिए पनि सम्झाउनु हुन्छ । म छोड्छु छोड्छु भनिरहनु भएको छ। तर उहाँले छोड्नु हुन्छ कि हुदैँन् भन्ने कुराबाट मुक्त हुनुपर्छ।’
महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताहरु आफ्नोभन्दा बढी अरुको बारेमा सोच्छु, चिन्ता गर्छु भनेर राजनीतिमा लागेपनि पछिल्लो समय राजनीतिक प्रतिस्पर्धा गर्दा गर्दा खिइएर आफ्नो र परिवारका बारेमा भन्दा त्योभन्दा माथि गएर सोच्न नसक्ने अवस्थामा पुगेको बताए।










