Kathmandu Press

रविले दिए रुपन्देही जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालतमा निवेदन

विगो वापतको रकाम बुझाएर आफूलाई थुनाबाहिर राख्दै दिएको रिटमा जिल्ला अदालत रुपेन्देहीले थुनामै राख्न देखिएको आदेशविरुद्ध रविले उच्च अदालतमा रिट दर्ता गराएका हुन्। 
रविले दिए रुपन्देही जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालतमा निवेदन

काठमाडौं, भदौ ९ : सहकारीको रकम हिनामिना प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च दालत रिट दर्ता गराएका छन्।

विगो वापतको रकाम बुझाएर आफूलाई थुनाबाहिर राख्दै दिएको रिटमा जिल्ला अदालत रुपेन्देहीले थुनामै राख्न देखिएको आदेशविरुद्ध रविले उच्च अदालतमा रिट दर्ता गराएका हुन्। 

बुटलबको सुप्रिस सहकारीको रकम हिनामिना प्रकरणमा थुनामा रहेका रविले जल्ला अदालत रुपेन्देहीको पछिल्लो आदेश बदर गर्न माग गरेका छन्। 

चैत २५ देखि कारागारमा रहेका रवि अहिले काठमाडौंको नख्खु कारागारमा छन्। उनलाई दुईसाता अघि मात्र भैरहवाबाट नख्खु ल्याइएको हो।

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, भदौ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्