Kathmandu Press

पार्टीका नेतालाई नेपालकाे चेतावनी– नेतृत्वलाई बदख्वाइँ गरे कुनै हालतमा कसैलाई छाडिँदैन 

‘त्यस्तालाई छुट दिन सकिँदैन। ज–जसले अनुशासनहीन काम गर्छ, पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ अध्यक्ष नेपालले भने ‘पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन।’
पार्टीका नेतालाई नेपालकाे चेतावनी– नेतृत्वलाई बदख्वाइँ गरे कुनै हालतमा कसैलाई छाडिँदैन 

काठमाडौं, भदौ ९ : नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले पार्टी नेतृत्वलाई बदख्वाइँ गर्ने काम भए कुनै हालतमा कसैलाई नछाडिने चेतावनी दिएका छन्। 

सोमबार पार्टी स्थापना भएको चौथो वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन्। 

‘त्यस्तालाई छुट दिन सकिँदैन। ज–जसले अनुशासनहीन काम गर्छ, पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ अध्यक्ष नेपालले भने ‘पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन।’

Hardik ivf

पार्टीका सम्मानित नेता झलनाथ खनाललगायत नेताबाट नेतृत्वको आलोचना भइरहेका बेला अध्यक्ष नेपालबाट यस्तो भनाई आएको छ । कार्यक्रममा नेपालले पार्टीको हितमा दृढताका साथ बोल्न पनि निर्देशन पनि दिए। 

अध्यक्ष नेपालले कार्यकर्तालाई नकारात्मक र हिनभावबाट ग्रसित नहुन आग्रह गर्दै त्यस्ताले पार लाउन नसक्ने भनाई पनि राखे। नकारात्मक र हिनभावबाट ग्रसित व्यक्ति पलायन भएर जाने उनको भनाई थियो। ‘कुनै विषय भए पार्टीभित्र बसेर छलफल गर्न सकिन्छ,’ उनले भने। 

वैज्ञानिक समाजवादका कुरा शब्दमा मात्र गरेर नहुने पनि उनले बताए। अहिलेको अवस्थामा कसरी अघि बढ्दा पार्टी र आन्दोलनलाई लक्ष्यमा पु¥याउन सकिन्छ भनेर बुझ्नुपर्ने उनको भनाई थियो। 

नेपालले भने, ‘वैज्ञानिक समाजवादका कुरा वास्तवमा यो शब्दले मात्र पनि हुँदैन । यो शब्दका धेरै बखानहरू सुन्यौ।’ 

नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा एकीकृत समाज पार्टीको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए। कमजोर, निमुखा र निरीहलाई कसैले टेर पुच्छर नलाउने बताउँदै नेपालले पार्टी निर्माण गर्ने आँट नगरेको भए विद्रोही चेत भएका मानिस नदेखिने अवस्था रहेको पनि बताए। 

आफ्नो पार्टीलाई कतिपयले सानो भन्ने गरेको सन्दर्भमा उनले भने, ‘के ३२ सालमा कोअर्डिनेसन सानो भन्दै हिँडिएको थियो?’ 
 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, भदौ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्