Kathmandu Press

राज्यव्यवस्था सभापति निर्वाचन ११ गते, कांग्रेसबाट चार आकांक्षी  

कुलिङ पिरियड विवादमा गत साउन २७ गते राज्यव्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ। 
राज्यव्यवस्था सभापति निर्वाचन ११ गते, कांग्रेसबाट चार आकांक्षी  

काठमाडौं, भदौ ९ : प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा भदौ ११ गते निर्वाचन हुने भएको छ। 

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले भदौ ११ गते निर्वाचन हुनेगरी सोमबार सूचना प्रकाशन गरेका हुन्। 

Hardik ivf

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति तोकेका सूचनामा जनाइएको छ। कुलिङ पिरियड विवादमा गत साउन २७ गते राज्यव्यवस्था समिति सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ। 

समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र चुनाव गरिसक्नुपर्ने नियमावलीको व्यवस्था वमोजिम चुनाव हुन थालेको हो । एमालेले कांग्रेसलाई सभापतिमा सघाउने सहमती बनेको छ । २७ सदस्यीय समितिमा कांग्रेसका ९ जना सदस्य छन् भने एमालेका ६ जना छन् । सत्ताधारी दुई दल मिल्दा मात्रै पनि बहुमत पुग्छ। 

यस अतिरिक्त समितिमा सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्र नाथ सुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई सदस्य छन्। 

सभापतिको निर्वाचन हुने भएसँगै उक्त पदका लागि कांग्रेसका चार जना सांसदहरूले आकांक्षा राखेका छन्। राज्य व्यवस्था समितिको सभापतिका लागि कांग्रेसबाट सांसदहरू दिलेन्द्रप्रसाद बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईं आकांक्षी देखिएका हुन्। 

सभापति कसलाई बनाउने भनेर कांग्रेस आन्तरिक छलफल भइरहेको छ । मंगलबारसम्म टुंगो लाग्ने संभावना रहेको छ । 

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, भदौ ९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्