Kathmandu Press

यू–१७ महिला साफमा नेपाल बंगलादेशसँग पराजित

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आइतबार साँझ भएको खेलमा नेपाल बंगलादेशसँग ३–०ले पराजित भयो। 
यू–१७ महिला साफमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं, भदौ ८  : यू–१७ महिला साफ च्याम्पियनसिपमा नेपाल पराजित भएको छ। 

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आइतबार साँझ भएको खेलमा नेपाल बंगलादेशसँग ३–०ले पराजित भयो। 

नेपालविरुद्ध बंगलादेशले पहिलो हाफमा २ र दोस्रो हापमा १ गोल गरेको थियो। खेलमा नेपाल पनि गोलका केही राम्रा अवसर सिर्जना गरेपनि त्यसलाई सदूपयोग गर्न सकेन। 

४ टिम सहभागी डबल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा नेपालको तेस्रो खेलमा दोस्रो हार हो। यो हारसँगै नेपालको उपाधि सम्भावना लगभक सकिएको छ।

यसअघि नेपाल भारतसँग ७–०को फराकिलो अन्तरले पराजित भएको थियो भने भुटानलाई २–१ले हराएको थियो। नेपालको ३ अंकसहिन तेस्रो स्थानमा छ। 

यता, बंगलादेश २ जितसहित ६ अंक जोड्दै दोस्रो स्थानमा छ। आइतबार नै भएको खेलमा भुटानमाथि ८–०को जित निकालेको भारत तीनै खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा छ।

प्रकाशित मिति: २१:१४ बजे, आइतबार, भदौ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्