Kathmandu Press

१५ करोडको भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसँग एक लाख धरौटी माग 

१५ करोडको भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसँग एक लाख धरौटी माग 

काठमाडौँ, भदौ ८ : विशेष अदालतले पछिल्लो एक मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सुनिल पौडेललाई एक लाख धरौटी हुने आदेश गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललगायतलाई प्रतिवादी बनाएर गत असार २७ मा मुद्दा दायर गरेको थियो। 

अख्तियारले केन्द्रबाट गुरुयोजना तयार नगरी मिलेमतोमा हाइ कम्प्युटर इन्फ्रास्टक्चर खरिदमा पौडेलसहितको मिलेमतोमा भ्रष्टाचार भएको दाबीसहित अभियोगपत्र दर्ता गरेको थियो। आर्थिक वर्ष ०७६÷७७ मा १५ करोड आठ लाख ५० हजार भ्रष्टाचार भएको दाबी अख्तियारको थियो। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार थुनछेक बहसपछि एक लाख धरौटी हुने आदेश गरेको हो। 

पौडेलमाथि यस बाहेक अरु पाँचवटा भ्रष्टाचारका मुद्दा छन् । ति मुद्दामा उनी पुर्पक्षका लागि थुनामा छन्। 

प्रकाशित मिति: १८:५२ बजे, आइतबार, भदौ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्