Kathmandu Press

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  
नेपाल र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, भदौ ८ : उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता भएको छ। आइतबार दुवै उपराष्ट्रपतिबीच भेटवार्ता भएको हो।

भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ।
 
प्रकाशित मिति: १६:४२ बजे, आइतबार, भदौ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्