निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
उनले निजी क्षेत्रले कक्षा एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन्।-1756027653.jpg)
काठमाडौं, भदौ ८ : शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन्।
आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन्।
उनले भने, ‘अहिले प्रचलन के छ भने एक कक्षादेखी चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरु किताब चाहीं जनक शिक्षा सामाग्रीले छापिरहेको छ । त्यहाँ हामीले छलफल गरिरहेका छौं,’ उनले भन् ‘एक, दुई, तीन, चार कक्षा चाहीँ सरकारमा ल्याऔँ । एक, दुई, तीन चाहीं उनीहरुको नघटाई दिउँ।’
मन्त्री पन्तले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरुले मेसिनहरुको आपूर्ती गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिने समेत बताए।










