Kathmandu Press

जसपाले मन्त्री यादव र साह फिर्ता बोलाउने, महतो र झालाई पठाउने 

जसपाले मन्त्री यादवको ठाउँमा वीरेन्द्र महतोलाई खानेपानीमन्त्री बनाउने भएको छ भने महिला मन्त्रीमा रञ्जुकुमारी झालाई पठाउने भएको छ। 
जसपाले मन्त्री यादव र साह फिर्ता बोलाउने, महतो र झालाई पठाउने 

काठमाडौँ, भदौ ८ : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रेहका दुईजना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ। 

दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएसँगै उक्त स्थानमा जसपाका दुईजना नेतालाई पठाइने भएको छ। 

जसपाले एक बर्षअघि प्रदीप यादवलाई खानेपानीमन्त्री र नवलकिशोर शाह सुडीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा पठाएको थियो। 

सरकारमा सहभागी हुँँदा नै एक वर्षका लागि भनेर उनीहरुलाई पठाइएको थियो। 

जसपाले मन्त्री यादवको ठाउँमा वीरेन्द्र महतोलाई खानेपानीमन्त्री बनाउने भएको छ भने महिला मन्त्रीमा रञ्जुकुमारी झालाई पठाउने भएको छ। 

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, भदौ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्