Kathmandu Press

मितेरी सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहस शुरु

बयान सकिएर तीनजना अभियुक्तको थुनछेक बहस सुरु भएको हो। ललितपुर जिल्ला अदालतमा न्यायाधीश निर्मला योङयाको इजलासमा अहिले सुनुवाइ चलिरहेको छ। 
मितेरी सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहस शुरु

काठमाडौं, भदौ ८ : कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी मुछिएको मितेरी सहकारी ठगी प्रकरणका अभियुक्तको थुनछेक बहस सुरु भएको छ। 

बयान सकिएर तीनजना अभियुक्तको थुनछेक बहस सुरु भएको हो। ललितपुर जिल्ला अदालतमा न्यायाधीश निर्मला योङयाको इजलासमा अहिले सुनुवाइ चलिरहेको छ। 

मितेरी सहकारी ठगी प्रकरणको मुद्दा गत भदौ १ गते अदालतमा दर्ता भएको थियो । २ गतेदेखि बयान सुरु भएको थियो। मुद्दामा ८ जना प्रतिवादी रहे पनि प्रहरीले ३ जना मात्र पक्रेर अभियोगपत्रसँगै अदालतमा पेस गरेको छ।

पक्राउ परेका अभियुक्तहरू बर्दियाका ज्योतिबहादुर भण्डारी, सुरेश अधिकारी र धादिङका सुवास खत्री छन् । थुनछेक बहस सकिएपछि थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने वा बाहिरै राखेर मुद्दा लड्न दिने भन्ने विषयमा टुंगो लाग्ने छ। 

धनराजपत्नी ज्योति गुरुङसहित स्याङ्जाकी ज्योति गुरुङ, स्याङ्जाकै कुम्भराज गुरुङ, खोटाङका विजयकुमार राई, बाग्लुङका प्रदीप भन्ने प्रीतम अधिकारी र सिन्धुपाल्चोकका अर्जुन अराम छन्। 

उनीहरुविरुद्ध ठगी, लिखत कसुर, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधमा उनीहरूविरूद्ध मुद्दा चलाइएको छ।

प्रकाशित मिति: १४:११ बजे, आइतबार, भदौ ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्