Kathmandu Press

तराई–मधेशका उखु किसान फेरि काठमाडौका सडकमा  

सरकारले आफुहरुलाई तोकेको प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग उनीहरुको छ। 
तराई–मधेशका उखु किसान फेरि काठमाडौका सडकमा  

काठमाडौं, भदौ ८ : सरकारले निर्धारण गरेको अनुदान रकम नपाएपछि तराई–मधेशका उखु किसान फेरी काठमाडौं केन्द्रित आन्दोलननमा उत्रेका छन्।

बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेसँगै उखु किसानहरू विरोधमा उत्रिएका हुन् । उखु उत्पादक महासंघको नेतृत्वमा किसानहरु प्रदर्शनका लागि काठमाडौं आएका हुन्। 

आइतबार काठमाडौंको गौशालाबाट उखु किसन नारा–जुलुससहित माइतीघर मण्डलातर्फ लागेका छन्। सरकारले आफुहरुलाई तोकेको प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग उनीहरुको छ। 

आन्दोलनमा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका किसानहरूको सहभागिता रहेको दाबी गरिएको छ। महासंघले पहिलो चरणमा चार दिने आन्दोलन कार्यक्रम घोषणा गरेको छ। 

चार दिनभित्र पनि माग पूरा नभए अर्को चरणको कार्यक्रम घोषणा गर्ने उखु उत्पाद महासंघले जनाएको छ। आर्थिक वर्ष २०८१÷८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेको तथ्याङ्क छ। 

जसअनुसार सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, भदौ ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्