Kathmandu Press

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह

‘अहिलेको समयलाई हामी सबैले राम्रोसँग बुझ्न जरुरी छ,’ मन्त्री सिंहले भने, ‘संविधान सभाबाट जारी भएको संविधानको मर्मअनुसार शिक्षामा आमूल परिवर्तन आवश्यक छ। अहिलेको शिक्षा विधेयक संसदमा पास हुने चरणमा रहेको छ, यसलाई गम्भीर ढंगले लिनुपर्छ।’
शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री  सिंह

काठमाडौं, भदौ ७ : सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको मर्म र भावना अनुरूप हुनुपर्नेमा जोड दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम तथा विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभामा बोल्दै मन्त्री सिंहले शिक्षा क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तन अपरिहार्य भएको बताए।

Hardik ivf

‘अहिलेको समयलाई हामी सबैले राम्रोसँग बुझ्न जरुरी छ,’ मन्त्री सिंहले भने, ‘संविधान सभाबाट जारी भएको संविधानको मर्मअनुसार शिक्षामा आमूल परिवर्तन आवश्यक छ। अहिलेको शिक्षा विधेयक संसदमा पास हुने चरणमा रहेको छ, यसलाई गम्भीर ढंगले लिनुपर्छ।’

उनले शिक्षा क्षेत्रलाई समाज परिवर्तनको मूल आधारका रूपमा व्याख्या गरे। उनले भने, ‘शिक्षा यस्तो माध्यम हो जसले समाजमा रहेका विकृतिहरू हटाउन महत्त्वपूर्ण भूमिका खेल्दछ। यस क्षेत्रमा उचित लगानी गर्न सके समाजलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ।’

कार्यक्रममा उनले शिक्षा प्रणालीलाई समावेशी, गुणस्तरीय र समतामूलक बनाउने दिशामा सबै सरोकारवालाले योगदान दिनुपर्ने आवश्यकता औँल्याए।
 
प्रकाशित मिति: २०:५८ बजे, शनिबार, भदौ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्