Kathmandu Press

भारत भ्रमणका लागि नेपाल ए टिमको घोषणा

भारत भ्रमणमा क्रममा भारत एले ५ टि–२० खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। टुरका लागि क्यानले अनिल शाहको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको छ।
भारत भ्रमणका लागि नेपाल ए टिमको घोषणा

काठमाडाैं, भदाै ७ : नेपालले एले भारत भ्रमण गर्ने भएको छ। नेपाल एले अगस्त २६ देखि सेप्टेम्बर ३ सम्म गुहवाटी भ्रमण गर्न लागेको हो।

भारत भ्रमणमा क्रममा भारत एले ५ टि–२० खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। टुरका लागि क्यानले अनिल शाहको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको छ।

राष्ट्रिय टिममा पुनरागमनको प्रयास गरिरहेका अलराउन्डरहरु आदिल आलम आलम अन्सारी, पवन सर्राफ, विवेक यादवसँगै फास्ट बलरहरु कमलसिंह ऐरी, आकाश चन्दलगायत ए टिममा परेका छन्। 

यस्तै, टिममा ओपनर तृतराज दास, विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तिमगर, ब्याट्सम्यान, देव खनाल र सन्दीप जोरा, अलराउन्डरहरु इशान पाण्डे, बासिर अहमद, शेर मल्ल तथा बललहरु युवराज खत्री र सागर ढकाल छन्। 

प्रकाशित मिति: २०:१० बजे, शनिबार, भदौ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्