Kathmandu Press

तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री 

‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’ मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो।’
तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री 

काठमाडौं, भदौ ७ : अर्थमन्त्री विष्णु पौडेलले तीज विशेष कार्यक्रममा महिलाको पर्वमा पुरुषहरूले सहयात्रीको भूमिका मात्र निर्वाह गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित हरितालिका तीज विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले तीज महिलाहरूको विशेष चाड भएकाले पुरुषहरूलाई भाषण होइन, ताली बजाएर समर्थन जनाउनुपर्ने बताएका हुन्।

‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’ मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो।’

उनले नेपाली समाजमा पुरुषप्रधान सोच अझै विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध उभिनुपर्नेमा जोड दिए।

‘हाम्रो एउटा मनोविज्ञान के छ भने पुरुष ठूलो हो भन्ने सोच अझै कायम छ,’ उनले भने, ‘जतिबेला पनि लोग्ने मान्छेलाई ठूलो ठान्ने, लोग्ने नभएसम्म केही हुँदैन भन्ने प्रचलन हटाउनुपर्छ।’

कार्यक्रममा मन्त्री पौडेलले महिलाहरूले आजको दिनमा पुरुषहरूले गर्न नसकेका कामहरू गर्न सफल रहेको पनि बताए।

उनले भने, ‘महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैन । त्यसकारण महिलाहरू सृष्टिका महान हुन् । तर  महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैनन्।’ 
 
प्रकाशित मिति: १८:४६ बजे, शनिबार, भदौ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्