Kathmandu Press

श्रीमती दुईतीन जना पाइएला तर बुबाआमा एउटै हुन्छन् : हरिवंश आचार्य

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभको आयोजना गरिएको हो। 
श्रीमती दुईतीन जना पाइएला तर बुबाआमा एउटै हुन्छन् : हरिवंश आचार्य

काठमाडौं, भदौ ७ : युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको छ। 

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभको आयोजना गरिएको हो। 

Hardik ivf

कन्क्लेभमा सम्बोधन गर्दै चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले छिटो वितिजाने अमूल्य जीवनलाई जतन र माया गरेर अगाडि बढाउनपर्ने बताए। 

‘पानी र जवानी कहिलै पनि राकिदैन । पानि र जवानी भनेको साँच्चै नै फास्ट ट्रेन चलेको जसरी जीवन जान खोज्ने रहेछ। स्कुल भर्ना भएको भर्खर एक महिना जस्तो लाग्छ, एसईइ परीक्षा भर्खरै जस्तो लाग्छ तर जिन्दगी यति छिटोे फास्ट फास्ट भएर गइरहेको छ,’ उनले भने, ‘यो अमूल्य जीवनलाई एकदमै जतन गरेर असाध्यै माया गरेर अगाडि बढाउन पर्छ।’ 

त्यस्तै उनले बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताए। उनले बुबाआमाको सवैभन्दा ठूलो सपना भनेको छोराछोरीले संसार जितोस् भन्ने रहेको पनि सुनाए। 

‘फार्दश डे, मदर्श डे आज एकदिन मनाएर मात्र पुग्दैन। हरेक जीवनभर फादर्श र मदर्श डे मनाइरहनुपर्छ। बुबाआमाको सवैभन्दा ठूलो सपना भनेको नै छोराछोरी हो। बुबाआमा भनेको संसारमा कोहीसँग पनि हार्न चाहँदैनन्,’ उनले भने, ‘तर आफ्नो सन्तानले सँधैँ जितोस् भन्ने चहान्छ। श्रीमती भन्ने कुरा दुई तीन जना पाइन्छ तर बुबाआमा भन्ने कुरा एउटा मात्र पाउने भएकाले उहाँहरुप्रति सँधै सम्मान गर्नुपर्छ।’ 
 

प्रकाशित मिति: १७:१४ बजे, शनिबार, भदौ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्