Kathmandu Press

बागझोरामा पहिरो पन्छाउँदै एकतर्फी सडक सञ्चालन

पहिरो पन्छाउन भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा उद्धार तथा सफाइ कार्य गरिएको हो।
बागझोरामा पहिरो पन्छाउँदै एकतर्फी सडक सञ्चालन

मकवानपुर, भदौ ७ : त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी–१ बागझोरामा शुक्रबार गएको पहिरोका कारण अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ।

पहिरो पन्छाउन भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा उद्धार तथा सफाइ कार्य गरिएको हो।

Hardik ivf

सडक खुलाउने क्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा भैरवस्त्र स्थलमै उपस्थित रहेका थिए। साथै सहायक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आर्मीका अधिकारी तथा स्थानीय प्रतिनिधिहरू समेत स्थलमा उपस्थित थिए।

Photo-(13)-(11)-1755946927.jpg
 
अहिले अस्थायी रूपमा एकतर्फी मात्र आवागमन सुरु गरिएको छ भने पूर्ण रूपमा दुवैतर्फको यातायात खुलाउन थप काम जारी रहेको जिल्ला प्रशासनले जनाएको छ। 
 
प्रकाशित मिति: १६:४९ बजे, शनिबार, भदौ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्