Kathmandu Press

भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन [तस्बिरहरू]

विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सँधै कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी चाँही नगरेको बताए। 
भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन [तस्बिरहरू]

काठमाडौं, भदौ ७ : संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गरेको छ।

शनिबार लौनचौरस्थित भारतीय दुतावास अगाडि संगठनले नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सँधै कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी चाँही नगरेको बताए। 

Hardik ivf

सरकार यसमा गम्भीर बन्नका साथै छलफलको विषय बनाउनुपर्ने उनको भनाई छ। लिपुलेकको सन्दर्भमा पटक–पटक विदेश सचिवस्तरिय समिति पनि बनेता पनि अन्तिममा आएर यो विषयमा भारत बाहिरिएको बताउँछन्। 

त्यस्तै उनले भारतले नेपालसँग छलफल मात्रै गर्ने हो भने पनि नेपालसँग प्रसस्त प्रमाणहरु रहेको बताए। यो मुद्दालाई नेपाल र भारतबीचको विषयभन्दा पनि अन्तराष्ट्रियकरण गरी अन्तराष्ट्रिय अदालतसम्म गएर सिमानाको लागि लड्नुपर्ने उनको भनाई छ। 

Photo--(2)-1755942810.JPG

Photo--(3)-1755942812.JPG

Photo--(4)-1755942812.JPG

Photo--(15)-1755942839.JPG

Photo--(6)-1755942815.JPG

Photo--(17)-1755942847.JPG

Photo--(9)-1755942829.JPG

Photo--(14)-1755942834.JPG

Photo--(11)-1755942831.JPG

Photo--(13)-1755942834.JPG

Photo--(12)-1755942832.JPG

Photo--(7)-1755942826.JPG

Photo--(8)-1755942826.JPG

Photo--(1)-1755942810.JPG

Photo--(5)-1755942815.JPG

प्रकाशित मिति: १५:५० बजे, शनिबार, भदौ ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्