Kathmandu Press

भियतनामका उपराष्ट्रपती सुआन नेपालमा

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागतका थिए । 
भियतनामका उपराष्ट्रपती सुआन नेपालमा

काठमाडौं, भदौ ७ : समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण आएकी छिन्। 

तीनदिने औपचारिक भ्रमणका लागि उनी शनिबार बिहान काठमाडौं आइपुगेकी हुन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागतका थिए । 

भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो। 

उनले भ्रमणको क्रममा २४ अगस्ट २०२५ मा काठमाडौंमा हुने नेपाल–भियतनाम द्विपक्षीय बैठकमा प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्। 

यस्तै उपराष्ट्रपति जुआनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र शिष्टाचार भेटवार्ता गर्नेछन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने यो वर्ष विशेष महत्वको छ ।
 

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, भदौ ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्