जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर छ : सभापति देउवा
उनले आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर रहेको भन्दै प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ रहेको बताए।
काठमाडौं, भदौ ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कांग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनले आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर रहेको भन्दै प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयनमा कांग्रेसदृढ रहेको बताए।
‘आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा कांग्रेस अग्रसर छ । निरन्तर प्रयासपछि पार्टी समानुपातिक र समावेशि मूल्य मान्यता अनुसार अगाडि बढेको छ,’ उनले भने, ‘गणतन्त्र, संघीयता, धर्म निरिपक्षता, समानुपातिक समावेशिताको प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ छ। संविधान संशोधन गर्दा प्राप्त गरेको उपलब्धीलाई जोगाउँदै अघि बढ्नुपर्छ।’
सभापति देउवाले कांग्रेसले मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्यांकन गरेको भन्दै उनीहरुको जीवनमा आधारित ‘नेपाली कांग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गर्न पाउँदा खुसी लागेको बताए।
‘कांग्रेस तथा मुलुकका लागि योगदान दिने आदर्श योद्धाहरुको योगदानलाई उच्च मूल्याङ्कन गर्दै उहाँहरुको जीवनमा आधारित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन गरेर उहाँहरुलाई सम्मान गर्न पाउदा एकदमै खुशी लागेको छ,’ उनले भने।
कांग्रेस महामन्त्री गगन थापाले २०१५ को सेरोफेरोेमा राजनीतिमा स्थापित भएको सबैभन्दा असल राजनीतिक व्यक्तित्व कांग्रेसमा नै हुने गरेको बताए।










