ग्रान्डीमा ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया
काठमाडौं, फागुन २३ : ग्रान्डी इन्टरनेसनल हस्पिटलले हालै सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धा....

काठमाडौं, फागुन २३ : ग्रान्डी इन्टरनेसनल हस्पिटलले हालै सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा.सुवाष फुयाल, डा. कपिल दवाडी र डा.सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु हो जुन फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्युसमेत हुनसक्ने कन्सल्ट्यान्ट न्युरोइमेजिङ एन्ड इन्टरभेन्सनल रेडियोलोजिस्ट डा.फुयाल बताए । उनका अनुसार एन्युरिजम क्वाइलिङमा बिरामीको खप्पर नखोलिकनै गरिने भएकाले बिरामीका महत्वपूर्ण आन्तरिक अङ्गमा क्षति पुग्ने सम्भावना निकै कम हुन्छ ।
असह्य टाउको दुख्नुका साथै र बारम्बार अचेत भएपछि लमजुङबाट ल्याइएकी ६० वर्षीया वृद्धामा यो उपचार विधि अपनाएको थियो । अहिले बिरामीको स्वास्थ्य अवस्था राम्रो भई घर पठाइएको छ ।
सेरेब्रल एन्युरिजम क्वाइलिङ सफलतापूर्वक सम्पन्न गरेर नेपालमै सर्वोत्कृष्ट र विश्वस्तरीय उपचार गर्न सफल भएकाे अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले बताए ।











