टप इन्ड टि–२० सिरिजमा नेपाल पाकिस्कोतानसँग १ रनले पराजित, प्रतियोगिताबाट बाहिरियो
यो हारसँगै नेपाल सेमिफाइनलमा पुग्न असफल भएको छ। जितेको भए नेपालको सेमिफाइनल सम्भावना कायम हुने थियो। यता, नेपाललाई पराजित गरेसँगै पाकिस्तान भने सेमिफाइनलमा पुगेको छ।
काठमाडाैं, भदाै ६ : टप इन्ड टि–२० सिरिजको अन्तिम नेपाली टिम पाकिस्तान साहिन्सासँग पराजित भएको छ। डर्विनमा भएको थ्रीलर खेलमा नेपाल पाकिस्तानसँग १ रनको झिनो अन्तरले पराजित भयो।
यो हारसँगै नेपाल सेमिफाइनलमा पुग्न असफल भएको छ। जितेको भए नेपालको सेमिफाइनल सम्भावना कायम हुने थियो। यता, नेपाललाई पराजित गरेसँगै पाकिस्तान भने सेमिफाइनलमा पुगेको छ।
१४५ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सकेको थियो। अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा नेपालले २ बलमा ४ रन बनाएको थियो। त्यसपछि नेपाललाई ४ बलमा ४ रन चाहिएको थियो।
तर, तेस्रो बलमा बिट भएका कुशल मल्ल स्टम्पिङ भए। चौथो बलमा आरिफ सेखले स्विपसट खेल्ने प्रयास गरेपनि रन लिन सकेनन। पाँचौं बलमा आरिफले १ नल लिँदै दीपेन्द्रलाई स्ट्राइक दिए। अन्तिम बलमा नेपाललाई जितका लागि ३ रन चाहिएको थियो भने २ रनमा खेल सुपरओभरमा जाने थियो। दीपेन्द्र स्विप खेले। तर, बल बाउन्ड्री नजिकै फिल्डर भएठाउँमा पुग्यो, र २ रन लिने प्रसायमा उनी रनआउट भए।
नेपालका लागि दीपेन्द्रले २१ बलमा २ चौका र १ छक्का मद्दतमा ४१ रन बनाए। त्यसअघि कप्तान रोहितकुमार पौडेलल् ४४ बलमा ६ चौका र १ छक्का मद्दतमा ५२ रन बनाएका थिए। रोहित र दीपेन्द्रले २२ बलमा ४७ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक लगेका थिए।
त्यसअघि रोहितले आसिफ सेखसँग ५५ बलमा ५२ रनको साझेदारी गरेका थिए। दुवै निकै स्लो खेलेपछि पछिका ब्याट्सम्यानमा दबाब परेको थियो। आसिफले ३० बलमा २७ रन बनाउँदा लोकेश बमले ७ बलमा १० रन बनाए।
बलिङमा पाकिस्तानका मोहम्मद वासिम जुनियर र फैजल अक्रमले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान साहिन्साले ९ विकेटको क्षतिमा १४४ रन बनायो। उसका लागि इरफार खानले नटआउट २६ बलमा ४२ रनको पारी खेले। यस्तै, अब्दुल समदले २५ बलमा २६ रन बनउाँदा मोहम्मद वासिमले २२ बलमा २३ र यासिर खानले २१ बलमा १८ रन बनाए।
बलिङमा नेपालका सोमपाल कामी र नन्दन यादवले समान ३ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले २ र कुशल भुर्तेलले १ विकेट लिए।
अब नेपालले अस्ट्रेलियामा ५ अभ्यास खेल खेल्ने छ। जसमा ४ टि–२० र १ एकदिवसीय खेल हुनेछ।












