Kathmandu Press

‘चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्बर्द्धन र निरन्तरतामा लागिरहनुपर्छ’

राष्ट्रपति पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिला सम्बन्धमा धेरै हक अधिकारको व्यवस्था भइसकेको र अब प्रभावकारी कार्यान्वयनमा हामीले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए। 
‘चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्बर्द्धन र निरन्तरतामा लागिरहनुपर्छ’

काठमाडौं, भदौ ६ : राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्यको लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन्।

शीतल निवासमा शुक्रबार आयोजित तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिला सम्बन्धमा धेरै हक अधिकारको व्यवस्था भइसकेको र अब प्रभावकारी कार्यान्वयनमा हामीले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए। 

राष्ट्रपति पौडेलले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्वद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने बताए। 

विगतका दिनमा असार श्रावणमा खेतीपातीमा व्यस्त रहने महिलाहरू भाद्र महिनामा पर्ने यस चाड आएपछि घरबाट बिदा लिएर माइती जाने र मिठो खाने तथा राम्रो लगाउने गरेर यो चाड मनाउने गरेको स्मरण गरे। 

उनले भने, ‘त्यस्तै, घरमा पाएका दुःख, कष्ट र बुहारतनका विषयमा गीतको माध्यमद्वारा आफ्नो वेदना पोख्दथे।’
 

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, भदौ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्