पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा समस्या खडा गर्ने कुरा कल्पना गरेको थिइनँ : ओली
अहिले पार्टीभित्र कहाँ के? च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ, कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।’-(20)-1755863880.jpg)
काठमाडौँ, भदौं ६ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा समस्या खडा गर्ने कुरा आफूले कल्पना समेत नगरेको बताएका छन्।
आम जनता पार्टी (आजपा) का नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै ओलीले यस्तो भनाई राखेका हुन्। उनले भण्डारीको सदस्यता नवीकरण नहुने बताए ।
ओलीले भने, ‘अहिले पार्टीभित्र कहाँ के? च्यासलले सदस्यतामा प्रश्न उठायो भनेको सुनिरहनुभएको छ, कसैको सदस्यता खोसेको पनि छैन र खोस्नुपर्ने आवश्यकता पनि छैन ।’ ओलीले यस विषयमा कोही पनि भ्रममा पर्न नहुने पनि बताए।
‘पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भनेर कल्पना समेत हामीले नगरेको हो । पूर्वराष्ट्रपतिको सदस्यता खोसेको होइन, भ्रम नपरोस् । उहाँले नै सदस्यता छाडेर राष्ट्रपति हुन जानुभएको हो,’ उनले भने, ‘छोडेको सदस्यता नवीकरण हुँदैन। भइरहेको मात्र नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र?’
चुनाव हारेकाहरूलाई भेला गरेर जमात खडा गर्दै हिँडेको पनि बताए। ओलीले भण्डारीका गतिविधिप्रति असन्तुष्टि पनि जनाए।
‘मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोलेर पार्टीविरुद्ध भेला गरेर बसेको देखिन्छ। पार्टीको एकतामा बल पु¥याउनुपर्नेमा असन्तुष्टहरूको भेला गरेर कुदिरहनुभएको छ,’ उनले भने।










