Kathmandu Press

१५ वर्षको संघर्षपछि सुकुमायाले पाइन् नागरिकता

नेपाल फर्किएपछि उनलाई नागरिकता लिन धेरै समस्याहरुसँग जुध्नु पर्याे। उनले विदेशीसँग विवाह गरेको कारण लैंगिक पूर्वाग्रही मानसिकताका आधारमा नागरिकता दिन अस्वीकार गरियो। 
१५ वर्षको संघर्षपछि सुकुमायाले पाइन् नागरिकता

काठमाडौँ, भदौं ६ : सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न पुगेकी सुकुमाया लामाले १५ वर्ष लामो संघर्षपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट आज नेपाली नागरिकता प्राप्त गरेकी छिन्।

हेटौडा उपमहानगरपालिका वडा नम्बर १० मा जन्मेकी र बुवाआमा दुवै नेपाली नागरिकता भएकी सुकुमायाले विदेशीसँग विवाह गरेको कारण नागरिकता लिन लामो संघर्ष गर्नुपरेको हो। 

Hardik ivf

भारतको सर्कसमा बस्दा उनले एक भारतीय पुरुषसँग विवाह गरिन् र सन्तान पनि भयो । तर, श्रीमानको मृत्यु भएसँगै सर्कस पनि बन्द भएपछि उनी उद्धार भई नेपाल आएकी थिइन्।

नेपाल फर्किएपछि उनलाई नागरिकता लिन धेरै समस्याहरुसँग जुध्नु पर्याे। उनले विदेशीसँग विवाह गरेको कारण लैंगिक पूर्वाग्रही मानसिकताका आधारमा नागरिकता दिन अस्वीकार गरियो। 

यसरी संविधानले स्पष्ट व्यवस्था गरेको, ’बुवाआमा नेपाली भए सन्तान पनि नेपाली हुन्छ’–भन्ने अधिकारबाट उनी वञ्चित भइन्। २०६९ सालमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडि) मार्फत अदालतमा मुद्दा हालेकी सुकुमायाको संघर्ष झण्डै १३ वर्षसम्म अदालतमै चल्यो। 

हालै मात्र संवैधानिक इजलास (प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलास) ले मकवानपुर जिल्ला प्रशासन कार्यालयलाई परमादेश जारी गर्दै उनलाई नागरिकता दिन आदेश गरेको हो । त्यसैको आधारमा शुक्रबार उनले नागरिकता पाएकी हुन्।
सुकुमायाले नागरिकता पाएपछि आफू अत्यन्तै खुसी भएको बताइन् । उनले भनिन्, ‘पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया भएकी छु । यो लामो लडाइँमा साथ दिने एफडब्लुएलडिलाई धन्यवाद दिन चाहन्छु।’ 

उनी १५ वर्षभन्दा बढी समयदेखि यस संघर्षमा थिइन् । अदालतमै मात्र १३ वर्ष लड्दा थाकिसकेको अवस्थामा अन्ततः उनले न्याय पाएकी छिन् । नागरिकता पाएपछि ‘मिठाई’ बोकेर र ‘खादा’ लगाएर खुसीसाथ उपस्थित भएकी उनले अब आफ्ना दुई छोरीहरूको नागरिकता अधिकारका लागि लडाइँ जारी रहने उल्लेख गरिन्। 

एफडब्लुएलडिका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले सुकुमायाले नागरिकता पाएकोमा खुशी व्यक्त गर्दै भने ‘१३ वर्षको अदालती लडाई पछि पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया बनाउन पाएकोमा खुशी छौं, यो घटनाले संविधानले दाबी गरेअनुसार छोरा र छोरीबीचको नागरिकता अधिकारमा देखिने असमानतालाई पुनः उजागर गरेको छ। छोरा विदेशीसँग विवाह गर्दा कुनै समस्या नहुने तर छोरीलाई नागरिकता पाउन दशकौँसम्म संघर्ष गर्नुपर्ने परिस्थितिको यो बलियो उदाहरण बनेको छ ।’

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, भदौ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्