Kathmandu Press

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट पारित

शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो।
नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट पारित

काठामडौं, भदौ ६ : राष्ट्रियसभाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ। 

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए। 

शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो। 

गृहमन्त्री लेखकले विधेयक निर्णयार्थ पेस हुनुअघि विधेयकमाथि भएको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिएका थिए। 

उनले संसद्ले विधेयकलाई उन्नत, व्यवहारिक, पारदर्शी बनाएको बताए । विधेयकमा आमाको नामबाट पनि छोराछोरीले नागरिकता प्राप्त गर्ने व्यवस्था छ।

 

प्रकाशित मिति: १७:१८ बजे, शुक्रबार, भदौ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्