Kathmandu Press

नक्कली प्रमाणपत्र कारोबारीको आरोपपछि रास्वपानेता कँडेललाई पार्टीबाट निलम्बन

रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले शुक्रबार कँडेललाई पत्र पठाएर निलम्बन गरेको जानकारी गराएका हुन्। 
नक्कली प्रमाणपत्र कारोबारीको आरोपपछि रास्वपानेता कँडेललाई पार्टीबाट निलम्बन

काठमाडौँ, भदौं ६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली प्रमाणपत्रको कारोबार गरेको आरोपमा पक्राउ परेका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीबाट निलम्बन गरिएको छ।

कँडेलले सञ्चालन गर्ने एक इन्स्टिच्युटले नक्कली प्रमाण पत्र खरिदविक्री गर्ने गरेको तथ्य बाहिरिएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले शुक्रबार कँडेललाई पत्र पठाएर निलम्बन गरेको जानकारी गराएका हुन्। 

Hardik ivf

चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाईरुपन्देही प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजकको जिम्मेवारीमा थिए । कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही लगिएको थियो। 

प्रहरीले उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा अनुसन्धान सुरु भएको जनाएको छ। रुपन्देही प्रहरीले गत साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथबाट ठूलो मात्रामा विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र फेला पारेको थियो। 

त्यसक्रममा ठूलो परिमाणमा भारत र नेपालको त्रिभुवन विश्वविद्यालयका नक्कली प्रमाणपत्र फेला परेका थिए । नक्कली प्रमाणपत्र तयार गर्ने गिरोहमा संलग्न भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेपछि नक्कली प्रमाणपत्र कारोबारको बिषय बाहिरिएको हो। 


 

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, भदौ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्