‘संघीयताको ठूलो समस्या प्रदेश होइन, संघ हो’
‘जिल्ला समन्वय समिति खारेज गर्न आवाज उठेको छ। संघीयताको सबैभन्दा ठूलो समस्या भनेको प्रदेश होइन, संघ हो। संघीयतामा हामी गइसक्यौं तर संघ नै संघीयतामा आउन सकेको छैन। सेन्टर नै संघीयतामा गएको छैन,’ उनले भने।
काठमाडौं, भदौ ६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभई संघ नै रहेको बताएका छन्।
कामाडाैंमा अायाेजित एक कार्यक्रममा देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान नसकेको उनले बताए।
‘जिल्ला समन्वय समिति खारेज गर्न आवाज उठेको छ। संघीयताको सबैभन्दा ठूलो समस्या भनेको प्रदेश होइन, संघ हो। संघीयतामा हामी गइसक्यौं तर संघ नै संघीयतामा आउन सकेको छैन। सेन्टर नै संघीयतामा गएको छैन,’ उनले भने।
यस्तै, उनले उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष एउटै बनाउन र आयोगहरू राष्ट्रिय मानव अधिकार अयोगअन्तर्गत नै लगेर राख्न पनि सुझाव दिए।
महामन्त्री थापाले कांग्रेस र एमालेले संविधान संशोधन गर्ने भनिसकेको त्यसअनुसार नै अघि बढ्नु पर्नेमा जोड थिए।
उनले संसद समावेशी बनाउने र पाँच वर्ष एउटै राजनीतिक दलले देशको नेतृत्व गर्ने अवस्था सिर्जना गर्ने गरी छलफल अघि बढाउनुपर्ने बताए।











-ink-1744291933.jpeg)
