Kathmandu Press

मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते

उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। 
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते

रामेछाप, भदौ ६ : सदरमुकाम मन्थलीबाट सेलेघाटतर्फ जाँदै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी(ट्रक) शुक्रबार बिहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ। 

दुर्घटनामा लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन्। उनलाई घटनास्थलबाट उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि लगिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। 

Hardik ivf

उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेलेघाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। दुर्घटनामा परेको लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत वर्ष असोज १२ गतेको वर्षासँगै आएको बाढीले खुर्कोटमा रहेको सुनकोशी मोटरेवल पुल बगाएपछि पुनर्निर्माण गरिएको बेलिब्रिजमा १५ टनभन्दा बढी क्षमताका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। 

आयोजना स्थलमा आवश्यक निर्माण सामग्री पु¥याउने ठूला मालवाहक सवारी साधनलाई सिन्धुली र रामेछापको संगमस्थल सित्खा पुल तरेर मन्थली हुँदै गन्तव्यसम्म लैजानुपर्ने बाध्यता छ । साघुरो सडकमा ठुला सवारी साधन गुडाउँदा दुर्घटना बढेको छ। ठुला सवारी चल्दा सित्खा–गोगनपानी–मन्थली सडक पनि पिच उक्किन लागेको छ।
 

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, भदौ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्