Kathmandu Press

‘उपसभामुख कसको स्विकृतिमा विदेश विदेश जानुभएको हो, जवाफ चाहियो’ 

‘उपसभामुख १७ पटक विदेश भ्रमण गर्नुभएको छ । त्यसमध्ये सात पटक सभामुखको स्विकृति गरेर भ्रमण गरेको देखिन्छ । १० पटक कसैले पनि स्विकृत गरेको छैन .। के आधारमा उहाँ भ्रमण गरिरहनु भएको छ । कहाँ जानुभयो ? कसको निम्तोमा जानुभयो?,’ उनले भने। 
‘उपसभामुख कसको स्विकृतिमा विदेश विदेश जानुभएको हो, जवाफ चाहियो’ 

काठमाडौं, भदौ ५ : नेकपा एमालेमा सांसद योगेश भट्टराईले उपसभामुखले कसैलाई जानकारी नगराइ विना स्विकृति विदेश भ्रमण गरेको विषयप्रति जवाफ दिनुपर्ने बताएका छन्। 

विहीबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले आचारणको विषय सबैमा लागूहुने भन्दै १० पटक कसैले जानकारी नगराई कस्तो निम्तोमा कहाँ गएको भनी संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । उपसभामुख इन्दिरा राना मगर हाल अमेरिका भ्रमणमा छिन्। 

Hardik ivf

‘उपसभामुख १७ पटक विदेश भ्रमण गर्नुभएको छ । त्यसमध्ये सात पटक सभामुखको स्विकृति गरेर भ्रमण गरेको देखिन्छ । १० पटक कसैले पनि स्विकृत गरेको छैन .। के आधारमा उहाँ भ्रमण गरिरहनु भएको छ । कहाँ जानुभयो ? कसको निम्तोमा जानुभयो?,’ उनले भने। 

सभामुखको स्विकृति विना उपसभामुख विदेश भ्रमण जानु विषय आचारणको विषय भएको बताए। 

‘उपसभामुख विदेश भ्रमण गएको कुरा यो आचारणको विषय हो कि होइन, उपसभामुखले पालना गर्नुपर्ने विषय हो कि होइन ? यहाँ धारा ९१ प्रयोग गर्ने कि नगर्ने ? यी प्रश्नको जवाफ संसदले खोज्छ,’ उनले भने, ‘यो प्रश्नको जवाफ उपसभामुखबाट पनि खोज्छ, यो प्रश्नको जवाफ सभामुखबाट पनि खोज्छ।’ 

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्