Kathmandu Press

भूमि सम्बन्धी विधेयकमाथि सुझाव अनुसार संशोधन भएको छ : मन्त्री अधिकारी

उनले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई अलग बनाउने संशोधन आएको हुनाले त्यही सुझावको आधारमा अलग राखेको भन्दै त्यसको तल अव्यवस्थित बसोबासको दफा पनि जोडेको बताए। 
भूमि सम्बन्धी विधेयकमाथि सुझाव अनुसार संशोधन भएको छ : मन्त्री अधिकारी

काठमाडौं, भदौ ५ : भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संशोधनकर्ताहरुको सुझावको आधारमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधन भएको बताएका छन्।

बिहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा उनले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई अलग बनाउने संशोधन आएको हुनाले त्यही सुझावको आधारमा अलग राखेको भन्दै त्यसको तल अव्यवस्थित बसोबासको दफा पनि जोडेको बताए। 

Hardik ivf

‘हाम्रो दायरा के हो, विधेयकमा छलफल गर्ने प्रक्रिया के हो र यसलाई अबलम्बन गर्ने प्रक्रिया के हो त्यसमा गम्भीर भएर जान जरुरी छ,’ उनले भने, ‘र यसलाई अगाडि बढाउन जरुरी छ। भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई अलग राखौं भन्ने संशोधन आएको हुनाले त्यही सुझावको आधारमा भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई अलग बनाइयो र त्यसको तल अव्यवस्थित बसोबासको दफा जोडिएको छ। यसको लागि मापदण्ड बनाउने कुरा पनि थियो।’

उनले वन मन्त्रालयको तर्फबाट पनि विस्थापित भएका मान्छेहरुलाई सम्बोधन गर्नुपर्ने प्रस्ताव आएको भन्दै सोही अनुसार पनि भाषा मिलाएर आएको बता ।
 

प्रकाशित मिति: १५:२८ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्