सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ : सांसद नेपाली
उनले मानव तस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आतिन्छन? ‘भ्रष्टाचार’को भ सुन्न डराउँछन्, ‘तस्करी’ को त सुन्दा काप्छन्? ‘काण्ड’ भन्दा औँला हामी नयाँतिर तेरस्याउँछ? भन्दै प्रश्न गरे।
काठमाडौं, भदौ ५ :राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको रक्षा गर्नु पर्नेमा आजको सरकारले त्यसको अपमान गरिरहेको बताए।
‘देश हाँक्नेहरूले संविधानको रक्षा गर्नुपर्ने हो, तर आजको सरकारले त्यसको अपमान गरेको छ। जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार तिनै अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ,’ उनले भने।
उनले मानव तस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आतिन्छन? ‘भ्रष्टाचार’को भ सुन्न डराउँछन्, ‘तस्करी’ को त सुन्दा काप्छन्? ‘काण्ड’ भन्दा औँला हामी नयाँतिर तेरस्याउँछ? भन्दै प्रश्न गरे।
नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय गरेको बताउँदै उनले आदिवासी–जनजाति समुदायकी छोरी, उपसभामुख माननीय इन्दिरा राना मगरमाथि अंकगणितीय खेल खेलेको बताए।
जबसम्म मानव तस्करीको जालो भत्किँदैन, दोषी कानुनी कठघरामा उभिँदैन, र पीडितले न्याय पाउँदैन् तबसम्म संघर्ष जारी रहने उनले घोषणा गरे।











