‘कांग्रेस–एमालेको साँत बुँदे सहमतिमा असहत भएपनि सरकारलाई सफल बनान लागेको छु’
महामन्त्री थापाले सरकारलाई सफल बनाउनको लागि बन्द कोठाहरुमा हुने छलफलमा प्रधानमन्त्री केपी ओलीदेखि पार्टी सभापति शेरबहादुर देउवासम्मलाई निरन्तर दबाब दिइरहेको उल्लेख गरे।
काठामडौं, भदौ ५ : नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा आफ्नो असहमति भएपनि आफू सरकारलाई सफल बनाउन लागेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा उनले पार्टीको निर्णयमा फरक मत भएपनि सरकारलाई सफल बनाउन आफूले लागेको बताए।
‘फागुनसम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ। सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो,’ सांसद थापाले भने, ‘अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु, कांग्रेसको जिम्मेवार पदाधिकारी पनि छु। त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु।’
महामन्त्री थापाले सरकारलाई सफल बनाउनको लागि बन्द कोठाहरुमा हुने छलफलमा प्रधानमन्त्री केपी ओलीदेखि पार्टी सभापति शेरबहादुर देउवासम्मलाई निरन्तर दबाब दिइरहेको उल्लेख गरे।
प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार