Kathmandu Press

संसदमा गगन थापाले भने– हामी निकम्मा हुँदा छट्टुहरूले प्रतिशोधको भाष्य बनाउने मौका पाए

‘हामीले साना बचतकर्ताको पाँच लाखसम्मको रकम फिर्ता गर्ने भनेका छौं, त्यो फिर्ता गर्ने क्रम आजसम्म हामीले किन सुरु गरेनौं? किन सुरु गर्न सकेनौं प्रधानमन्त्रीज्यू?,’ उनले भने, ‘हामीले धमाधम बचतकर्तालाई लाइन लगाएर पैसा दिएको भए एउटा छट्टुले प्रतिशोध भयो भन्दा भिड लाग्थ्यो?’
संसदमा गगन थापाले भने– हामी निकम्मा हुँदा छट्टुहरूले प्रतिशोधको भाष्य बनाउने मौका पाए

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीपीडितको संरक्षणमा सरकार चुकेको बताएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा थापाले पाँच लाख रुपैयाँसम्मका बचतकर्तालाई पैसा फिर्ता दिन सरकार चुक्दा छट्टुहरूले प्रतिशोध भयो भन्दा पत्याउने भिड तयार भएको बताए।

Hardik ivf

‘हामीले साना बचतकर्ताको पाँच लाखसम्मको रकम फिर्ता गर्ने भनेका छौं, त्यो फिर्ता गर्ने क्रम आजसम्म हामीले किन सुरु गरेनौं? किन सुरु गर्न सकेनौं प्रधानमन्त्रीज्यू?,’ उनले भने, ‘हामीले धमाधम बचतकर्तालाई लाइन लगाएर पैसा दिएको भए एउटा छट्टुले प्रतिशोध भयो भन्दा भिड लाग्थ्यो?’

रास्वपाले प्रतिशोधका रूपमा व्याख्या गर्दा जनताले पत्याउनु स्वाभाविक भए पनि सर्वोच्च अदालतले दोषी हुने कारण दिइसकेपछि त्यस्तो भन्नु छट्टु खेलमात्र भएको बताए। उनले कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू पनि सहकारी ठगी आरोपमा थुनामा गएको बताए।

‘त्यही अभियोगमा छविलाल जोशी थुनामै हुनुहुन्छ, थुप्रैजना थुनामा छन्। कांग्रेस र एमालेसँग जोडिएका थुप्रै मानिस थुनामा छन्, धरौटीमा रिहा भएका छन्, कतिपय फरार पनि रहेका छन्,’ उनले भने, ‘तर, नौवटा अदालतले सम्भावित दोषी भनेको एउटा व्यक्तिले प्रतिशोध भयो भनेर कोलाहल मच्चाउनुमा सरकार निकम्मा भएकाले सम्भव भएको हो।’

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्