Kathmandu Press

महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक : उपप्रधानमन्त्री सिंह

चेलीबेटीहरुले तीजमा गीत र नृत्यमार्फत सुखदुख अभिव्यक्त गर्ने परम्परा रहेको भन्दै उनले तीज मनाउँदा यसको मौलिकता विर्सन नहुनेमा जोड दिए।
महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक : उपप्रधानमन्त्री सिंह

काठमाडौं, भदौ ५ : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमन सिंहले समाजलाई अगाडी बढाउनमा महिलाहरुको विशेष भूमिका रहेको बताएका छन्। 

नेपाल महिला संघ काठमाडौं क्षेत्र नं १ ले आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले अहिले प्राप्त परिवर्तनमा महिलाहरुको भूमिका विशिष्ट रहेको भन्दै तीजको शुभकामना दिए।   

Hardik ivf

‘अहिले यातायातको सुविधा बढेकाले आवतजावत गर्न सहज छ। पहिला बाटोघाटो नहुँदा विवाह पछि माइत जान पनि विशेष पर्व आउनुपर्ने। विशेषगरि तीजमा माइत गएर आफन्तसँग बसेर गीत र नृत्यमार्फत आफ्नो सुख दुख व्यक्त गर्ने परम्परा हो,’ उनले भने,‘विशेष गरि दिदिबहिनीहरुले यो पर्व मनाउँदा तीजको मान्यतालाई तलमाथि नपर्ने गरि, मौलिकता नविर्सिकन तीज मनाउँदा राम्रो हुन्छ भन्ने मलाई लागेको छ।’ 

चेलीबेटीहरुले तीजमा गीत र नृत्यमार्फत सुखदुख अभिव्यक्त गर्ने परम्परा रहेको भन्दै उनले तीज मनाउँदा यसको मौलिकता विर्सन नहुनेमा जोड दिए।

उनले काठमाडौं क्षेत्र नं १ मा संघ, प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउन यो क्षेत्रका महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै आभार पनि व्यक्त गरे। 

उपप्रधानमन्त्री सिंहले तीज महिलाहरुका लागि विशेष पर्व रहेको भन्दै मौलिकता जोगाएर तीज मनाउन सुझाव दिए। उनले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहसहितका महिला नेतृहरुको भूमिका विर्सन नहुने पनि बताए। 

‘पुरुष सरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन कि अधिकारसँगे आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिलाहरु सजग हुनुपर्छ,’ उनले भने। 

प्रकाशित मिति: १४:४५ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्