Kathmandu Press

परराष्ट्र मन्त्रालयले भन्यो– सबै प्रयासका बाबजुद विपिन जोशीको अवस्था अझै अज्ञात 

जोशी रिहाईको विषयलाई उच्च प्राथमिकतामा राखेर विदेशस्थित सबै नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी र इजिप्सियन समकक्षीहरूलाई भेट गरी नेपाल सरकारको अनुरोध आ-आफ्ना सरकार समक्ष पुर्‍याउन अनुरोध गर्न निर्देशन दिइएको जानकारी पनि मन्त्रालयले गराएको छ। 
परराष्ट्र मन्त्रालयले भन्यो– सबै प्रयासका बाबजुद विपिन जोशीको अवस्था अझै अज्ञात 

काठमाडौँ, भदौ ५ : सबै प्रयासका बाबजुद पनि विपिन जोशीको अवस्था अझै अज्ञात रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। 

जोशीकी आमा र बहिनी हाल इजरायल पुगेको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले रिहाइका लागि सरकारको पहल निरन्तर रहेको प्रश्ट गरेको हो। 

‘यी सबै प्रयासका बाबजुद निज विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ, यसै क्रममा निजको आमा र बहिनी हाल इजरायल पुग्नुभएको छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘निजहरूले त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत तथा अन्य पिडित परिवारका सदस्यहरूसँग भेटघाट गरी निजको रिहाइका लागि आवाज उठाउनुभएको छ भने उहाँहरूको भ्रमणको सहजीकरण इजरायलस्थित नेपाली राजदूतावासबाट भइरहेको व्यहोरा पनि अनुरोध छ।’

Hardik ivf

विपिन जोशीको रिहाइको विषयलाई उच्च प्राथमिकतामा राखेर विदेशस्थित सबै रादूतलाई सक्रिय बनाएको पनि जनाएको छ। जोशी रिहाईको विषयलाई उच्च प्राथमिकतामा राखेर विदेशस्थित सबै नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी र इजिप्सियन समकक्षीहरूलाई भेट गरी नेपाल सरकारको अनुरोध आ-आफ्ना सरकार समक्ष पुर्‍याउन अनुरोध गर्न निर्देशन दिइएको जानकारी पनि मन्त्रालयले गराएको छ। 

मन्त्रालयले भनेको छ, ‘सोही बमोजिम भेटघाट गरी मन्त्रालय र नेपाल सरकारको चासो सञ्चार गरी प्रतिवेदनहरू पनि प्राप्त भएका छन्।’ 

जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसँग भेटघाट गरी विपिन जोशीको रिहाइको सम्भावना बारे छलफल समेत गरेको विज्ञप्तिमा जनाइएको छ । यस्का साथै, इजरायल र कतारमा रहेका नेपाली राजदूतहरूले यस विषयलाई प्रमुख कार्यभारको रुपमा लिई कार्यसम्पादन गरिरहेको पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ। 

यसैगरी इजरायल र हमासबीच दोस्रो पटक भएको अल्पकालीन युद्ध विरामको स्वागत गर्दै मध्यस्थकर्ता मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरूलाई विपिन जोशीलाई रिहा हुने बन्दीको सूचीमा राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सरकारमार्फत् बारम्बार अनुरोध गरेको पनि बताइएको छ। 

विपिन जोशीको रिहाइमा के–के भयो पहल?

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमण भयो । त्यसक्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । नेपाली विद्यार्थी विपिन जोशी हमासको कब्जामा परे । त्यस यता परराष्ट्र मन्त्रालयले जोशीको खोजी, रिहाइ तथा स्वदेश फिर्तीलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताएको छ। 

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको जर्मनी भ्रमणका क्रममा जर्मन समकक्षी तथा नेपाल भ्रमणमा आएका कतारी समकक्षीसँग जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि आग्रह गरियो । गत मार्च–अप्रीलमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट इजिप्ट र टर्कीका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरी सहयोगको अनुरोध भयो । सभामुख देवराज घिमिरेका तर्फबाट पनि अरब संसदका सभामुखलाई पत्राचार गरी समर्थन र सहयोगको माग समेत गरिएको थियो।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतार, इजिप्ट, अमेरिका, इरान, टर्की लगायत मुलुकका समकक्षीहरूसँग टेलिफोन, पत्राचार र भेटघाटमार्फत जोशीको रिहाइका लागि अनुरोध गरिएको छ। 

कतिपय मुलुकहरूलाई दोहो¥याएर समेत जोशीको रिहाईका लागि पहल भएको थियो। परराष्ट्र मन्त्रालयका तर्फबाट निरन्तर कूटनीतिक एजेन्डामा राखेर प्राथमिकतासाथ काम भए । पछिल्ला सबैस्तरका द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा जोशीको विषय प्रमुख कार्यसूचीका रूपमा उठाइएको अवस्था छ।

विभिन्न मुलुकका राजदूतहरूसँगको भेटघाटमा पनि मन्त्रालयबाट सहयोगका लागि आग्रह गर्दै कुटनीतिक पहल गरिएका छन् । काठमाडौँस्थित कतार, इजिप्ट, इजरायल, अमेरिका तथा युरोपेली मुलुकका राजदूतहरूसँग भेटवार्तामा सहयोगको लागि आग्रह गरिएको थियो। परराष्ट्रमन्त्रीमा डा.राणा अउनुअघि पनि दुईजना परराष्ट्रमन्त्रीको कार्यकालमा जोशी रिहाईको विषयलाई प्राथमिकतामा राखी समाधानको पहल गरिएका थिए।
 

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्