Kathmandu Press

विपक्षी दलको असहमतीविच भूमि विधेयक समितिबाट पारित 

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माको संशोधन प्रस्ताव अनुरुप विधेयक पारित गरिएको छ। 
विपक्षी दलको असहमतीविच भूमि विधेयक समितिबाट पारित 

काठमाडौँ, भदौ ५ : प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ। 

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माको संशोधन प्रस्ताव अनुरुप विधेयक पारित गरिएको छ। 

Hardik ivf

नेकपा (माओवादी केन्द्र) का सांसदले फरक मत लेख्ने भन्दै शुक्रबार भदौ ६ गतेसम्मको समय मागेका थिए। 

बिहीबार विधेयक पारित भएपछि फरक मत नराखी माओवादी सांसदहरू समितिबाट बाहिरिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पनि माओवादीसँगै बाहिरिएका थिए। 
 
प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, भदौ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्