सुख्खा पहिरो अरनिको राजमार्ग अवरुद्ध
बिहीबार बिहान धुलिखेल–खावा सडकखण्डमा सुख्खा पहिरो खसेपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको हो।
काभ्रे, भदाै ५ : सुख्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ।
बिहीबार बिहान धुलिखेल–खावा सडकखण्डमा सुख्खा पहिरो खसेपछि यातायात पूर्णरूपमा अवरुद्ध भएको हो।
प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको छ। ठूलो मात्रामा सुख्खा माटो र ढुंगा थुप्रिएका सडक खुलाउन समय लाग्ने बताइएको छ।
पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन्। यात्रुहरु बाटोमै अलपत्र परेका छन्।
प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार