कोभिड-१९ संक्रमणबाट विश्वभर २ लाख ९२ हजार वढीको मृत्यु
काठमाडौं, वैशाख ३१ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८९३ पुगेको छ ।
....
काठमाडौं, वैशाख ३१ : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ८९३ पुगेको छ ।
कोरोना भाइरसबाट ४३ लाख ४२ हजार ३४५ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार ३२० जनाले ज्यान गुमाएका छन् भने ८५ हजार ३३५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ लाख २ हजार ४४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा ८३ हजार ४२५ को ज्यान गएको छ । बेलायतमा ३२ हजार ६९२, इटलीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२० को कोरोनाका कारण ज्यान गइसकेको छ ।
यसैगरी भारतमा २ हजार ४१५ जनाको मृत्यु भईसकेको छ भने करिब ७४ हजार संक्रमित रहेका छन् ।