युलियन्स स्कुलले भन्यो- वाणिज्य विभागका महानिर्देशकको सरूवामा हाम्रो संलग्नता कुनै छैन, समाचार भ्रामक र मिथ्या हो
स्कुलले बुधबार एक विज्ञप्ति जारी गर्दै युलेन्सले स्कुललाई नियमन गर्ने प्रयास गरेपछि दाहाललाई सरुवा गरिएको भन्ने समाचार भ्रामक, मिथ्य , मनगढन्ते र तथ्यहीन समाग्री प्रकाशित गरिएको जनाएको छ।
काठमाडौं, भदौ ४ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवामा युलेन्स स्कुल र यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानानिय डा आरजु राणा देउवालाई जोडेर प्रकाशित समाचारप्रति युलेन्स स्कुलले गम्भीर आपित्त जनाएको छ।
स्कुलले बुधबार एक विज्ञप्ति जारी गर्दै युलेन्सले स्कुललाई नियमन गर्ने प्रयास गरेपछि दाहाललाई सरुवा गरिएको भन्ने समाचार भ्रामक, मिथ्य , मनगढन्ते र तथ्यहीन समाग्री प्रकाशित गरिएको जनाएको छ।
उक्त सामाग्री माननीय डा. आरजु राणा देउवा ज्यू लाई पूर्वाग्रहबाट प्रेरित र कपोलकल्पित रूपमा जोडी झूटो, वदनियतपूर्ण र चरित्रहत्या गर्ने मनसायले समाचार सम्प्रेषण गरेको देखिन्छु, युलेन्स स्कुलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विभागले माग गरेको सबै सूचना, जानाकारी र कागजातहरू तोकिएको समयमा नै पेश गर्दै स्कुलले विभागको अनुरोधको गरेको बताउँदै त्यसपछि विभागले कुनै औपचारिक जानाकारी नगराएको र जरिवाना गरिएको सूचना वा जानकारी नभएको विज्ञप्तिमा उल्लेख छ।
‘दाहालको नेतृत्वमा विभागले काठमाडौंका लगभग २८ विद्यालयहरूमा अनुगमन गरि समीक्षाको लागि विभिन्न कागजातहरू पेश गर्न अनुरोध गरेको थियो। युलेन्स स्कुलको संस्थापक संस्था यूलेन्स एजुकेशन फाउण्डेशनले विभागले माग गरेको सबै सूचना, जानाकारी र कागजातहरू तोकिएको समयमा नै पेश गरी विभागको अनुरोधको पूर्ण पालना गर्यो। माग गरेका सबै कागजात र सूचना तथा जानाकारी सम्बन्धित विभागमा बुझाए पछि विभागद्वारा कुनै औपचारिक जानाकारी दिइएन, जरिवाना गरिएको सूचना वा जानकारी यस यूलेन्स एजुकेशन फाउण्डेशनलाई दिइएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अनुगमनलाई विद्यालयले सरकारी नियामक निकायहरूद्वारा गरिएको नियमित निरीक्षण र अनुगमनको रूपमा ग्रहण गर्यो। सरकारी निकायहरूद्वारा गरिने सामान्य अनुगमन र निरिक्षणको जानाकारी विद्यालयले व्यवस्थापन समितिका अध्यक्ष ज्यूलाई दिइरहन आवश्यक पनि थिएन।’
माननीय डा. राणा देउवा यस विषयमा पूर्ण रुपमा अनभिज्ञ रहेकाले दाहालको सरुवामा डा.राणा देउवाको संलग्नता रहेको भनिएको समाचार अनपेक्षित, अत्यन्तै दुःखद, तथ्यहिन, कपोलकल्पित र भ्रामक रहेको स्कुलले जनाएको छ। युलेन्स स्कुल डा. राणा देउवाको स्वामित्वमा रहेको भनि गरिएको प्रचार तथ्यहिन, गलत र भ्रामक भएको विज्ञप्तिमा उल्लेख छ।
हेर्नुस विज्ञप्ति
१६ अगष्ट , २०२५ मा नागरिक दैनिक, रिपब्लिक दैनिक र केहि युट्युब च्यानलहरूमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री कुमार प्रसाद दाहालको सरुवा सम्बन्धी समाचारमा युलेन्स स्कुल र यस विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मानानिय डा आरजु राणा देउवा ज्यू को संलग्नता देखाई प्रकाशित भएको समाचारमा युलेन्स स्कुल गम्भीर चासो व्यक्त गर्दछ। सम्प्रषित समाचारहरूमा युलेन्स स्कुललाई नियमन गर्ने प्रयास गरेपछि श्री दाहाललाई सरुवा गरिएको भ्रामक, मिथ्य , मनगढन्ते र तथ्यहीन समाग्री प्रकाशित गरिएको थियो। उक्त सामाग्री माननीय डा. आरजु राणा देउवा ज्यू लाई पूर्वाग्रहबाट प्रेरित र कपोलकल्पित रूपमा जोडी झूटो, वदनियतपूर्ण र चरित्रहत्या गर्ने मनसायले समाचार सम्प्रेषण गरेको देखिन्छ।
श्री दाहालको नेतृत्वमा विभागले काठमाडौंका लगभग २८ विद्यालयहरूमा अनुगमन गरि समीक्षाको लागि विभिन्न कागजातहरू पेश गर्न अनुरोध गरेको थियो । युलेन्स स्कुलको संस्थापक संस्था यूलेन्स एजुकेशन फाउण्डेशनले विभागले माग गरेको सबै सूचना, जानाकारी र कागजातहरू तोकिएको समयमा नै पेश गरी विभागको अनुरोधको पूर्ण पालना गर्यो। माग गरेका सबै कागजात र सूचना तथा जानाकारी सम्बन्धित विभागमा बुझाए पछि विभागद्वारा कुनै औपचारिक जानाकारी दिइएन। जरिवाना गरिएको सूचना वा जानकारी यस यूलेन्स एजुकेशन फाउण्डेशनलाई दिइएको छैन। यो अनुगमनलाई विद्यालयले सरकारी नियामक निकायहरूद्वारा गरिएको नियमित निरीक्षण र अनुगमनको रूपमा ग्रहण गर्यो। सरकारी निकायहरूद्वारा गरिने सामान्य अनुगमन र निरिक्षणको जानाकारी विद्यालयले व्यवस्थापन समिताका अध्यक्ष ज्यूलाई दिइ रहन आवश्यक पनि थिएन। यो विषय उँहाको जानाकारीमा थिएन र विद्यालयले जानकारी नगराए पछि हुने कुरा पनि रहेन। त्यसैले पनि माननीय डा आरजु राणा देउवा यस विषयमा पूर्ण रुपमा अनभिज्ञ हुनुहुन्थ्यो। त्यसकारण श्री दाहालको सरुवामा माननीय डा आरजु राणा देउवाको संलग्नता रहेको भनिएको समाचार अनपेक्षित, अत्यन्तै दुःखद, तथ्यहिन, कपोलकल्पित र भ्रामक हो।
यसको अलावा युलेन्स स्कुल माननीय डा. आरजु राणा देउवाको स्वामित्वमा रहेको भनि गरिएको प्रचार तथ्यहिन, गलत र भ्रामक छ। माननीय डा. देउवाले युलेन्स स्कुलको स्थापनादेखि नै शिक्षा ऐन अनुसार गठित विद्यालय व्यवस्थापन समितिको अवैतनिक र स्वयमसेवक अध्यक्षकोरूपमा सेवा गरिरहनु भएको छ। युलेन्स स्कुल युलेन्स एजुकेशन फाउण्डेशनको स्वामित्वमा छ, जुन नाफा वितरण नगर्ने कम्पनीको रुपमा स्थापित भै संचालनमा रहेको छ। युलेन्स एजुकेशन फाउन्डेशनले खुमल्टार, ललितपुर र बाँसबारी, काठमाडौँमा गरि दुइवटा विद्यालयहरू सञ्चालन गरिरहेको छ। यस युलेन्स एजुकेशन फाउण्डेशनमा कुनै व्यक्तिगत तथा संस्थागत शेयरलगानीकर्ता हुनुहुन्न।
विद्यालयको शुल्क संरचनाको सन्दर्भमा, यूलेन्स स्कुल खुमल्टार, ललितपूरलाई ललितपुर महानगरपालिका, शिक्षा विभागले 'क' श्रेणीको विशेष सुबिधा युक्त विद्यालयको रूपमा वर्गीकृत गरेको छ। त्यसैले विद्यालयले अभिभावकहरूको संलग्नतामा पारदर्शी र सहभागितामूलक प्रक्रिया मार्फत विद्यालयको शुल्क संरचना निर्धारण गरि कार्यान्वयन गर्दछ। विद्यालयद्वारा प्रस्तावित शुल्कहरू युलेन्स एजुकेशन फाउण्डेशन र विद्यालयको विद्यालय व्यवस्थापन समितिको संयुक्त वैठकद्वारा समीक्षा गरि त्यसको जानाकारी ललितपुर महानगरपालिकाको शिक्षा विभागमा पेश गरिन्छ। यसरि विभागमा पेश गरेको शुल्कलाई विद्यालयका दुइ तिहाइ अभिभावकज्यूहरूको भेलाले अनुमोदन गरि स्वीकृतिको लागी पुन : ललितपुर महानगरपालिकाको शिक्षा विभागमा पेश गरिन्छ। विभागबाट आधिकारिक स्वीकृति प्राप्त भएपछि विद्यालयले स्वीकृत शुल्क कार्यान्वयन गर्छ। यस विषयमा सम्बन्धित ललितपुर नगरपालिकाको पत्र सन्दर्भको लागि यसैसाथ संलग्न गरिएको छ।
युलेन्स स्कुलले अनधिकृतरूपमा "विदेशी" कार्यक्रमहरू सञ्चालन गरेको भन्ने आरोपको सन्दर्भमा यस विद्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विधिवत रूपमा स्वीकृति प्राप्त गरि किन्डरगार्टेन देखि कक्षा १२ सम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। युलेन्स स्कुल आइ बि डिप्लोमा तहको कार्यक्रम संचालन गर्ने देशकै पहिलो विद्यालय हो। यस विद्यालयले आइबिओ (IBO) तथा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कानूनि रुपमा स्वीकृति प्राप्त गरि वैधानिक रुपमा सन् २००९ देखि कक्षा ११ र १२ को समकक्षी कार्यक्रम आइबी डिप्लोमा तह संचालन गरिरहेको छ। सम्बन्धित सरकारी निकायहरूको स्वीकृति बिना तथा अबैधानिक रूपमा यस विद्यालयमा कुनै पनि कार्यक्रम सञ्चालन गरिएको छैन र संचालन हुँदैन।
यूलेन्स एजुकेशन फाउण्डेशनले आफ्नो स्थापनाको दिन देखि नै नेपाल सरकारले तोकेका सबै ऐन, कानुन , नियमावलि , निर्देशन आदिको कडाईका साथ पूर्ण पालना गरिरहेको छ। यो फाउण्डेशन नेपाल सरकारको सामाजिक सुरक्षा कोषमा दर्ता हुने संस्थाहरू मध्येको अग्रणी संस्था हो। नेपाल सरकारले दुइ वर्ष अघि सामाजिक सुरक्षा कोषमा शिक्षा क्षेत्रबाट सबै भन्दा उत्कृष्ट योगदान कर्ताको रुपमा यस फाउण्डेशनलाई सम्मान गरेको थियो। यूलेन्स एजुकेशन फाउण्डेशनले राष्ट्रिय कर नीति र प्रक्रियाहरू अनुसार आफ्नो कर दायित्वहरू नियमित र समयमानै पूरा गर्दै आएको छ। यस फाउण्डेशनको वार्षिक कारोबारको आधारमा नेपाल सरकारले गत वर्ष देखि साना करदाताको वर्गबाट मध्यम-स्तरीय करदाताको रूपमा वर्गीकरण गरेको छ। प्रत्येक वर्ष आन्तरिक राजस्व कार्यालयद्वारा यस फाउण्डेशनको कर निर्धारण हुने गरेको छ।
माथिका सबै सूचना, तथ्य र प्रमाणहरूका आधारमा युलेन्स एजुकेशन फाउण्डेशन सम्बन्धित सबै संचार गृह, संचारकर्मी, युट्युवकर्मीहरूलाई उहाँहरूले सम्प्रेषण गर्नुभएको सूचना तथा खबर सत्य, तथ्यमा आधारित छ/ छैन जाँच गरि सत्य र तथ्यमा आधारित सहि सूचना तथा समाचार सम्प्रेषण गर्न हार्दिक अनुरोध गर्दछ। युलेन्स एजुकेशन फाउण्डेशन एउटा पारदर्शि संस्था हो। यो संस्था आफ्ना अभिभावक, सम्बन्धित सरकारी निकाय, सरोकारवाला संस्था, संचार गृह, संचारकर्मी सबैलाई सान्दर्भिक र आवश्यक सबै सूचना तथा जानाकारी प्रदान गर्न प्रतिबद्ध छ । हामी युलेन्स स्कुल र यस विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष माननिय डा आरजु राणा देउवा माथि लगाइएका भ्रमपूर्ण, कपोल्कल्पित र झूटा आरोप र बदनियतपूर्ण सम्प्रेषित समाचार प्रति निन्दा तथा भर्त्सना गर्दछौँ।
यस सम्बधि विस्तृत जानाकारीको लागि सम्पर्क व्यक्ति
मेदिन लामीछाने
प्राज्ञिक विभाग प्रमुख, युलेन्स एजुकेशन फाउण्डेसन
तथा प्रिन्सिपल युलेन्स स्कुल
सम्पर्क नं: ९८५१०९२५४९












