Kathmandu Press

नेपाली भूमि लिपुलेकमा सीमा व्यापार खोल्न चीन र भारतबीच सहमति

उक्त बुँदामा भनिएको छ, ‘दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।’ 
नेपाली भूमि लिपुलेकमा सीमा व्यापार खोल्न चीन र भारतबीच सहमति

काठमाडौँ, साउन २७ : चीन र भारतबीच नेपाली भूमि लिपुलेकमा सीमा व्यापार पुनः खोल्न सहमति भएको बिषय बाहिरिएको छ। 

चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा मंगलबार यस्तो सहमति भएको जनाइएको छ। 

Hardik ivf

भारतीय प्रमुख सुरक्षा सल्लाहकार एवं दुई देशको सीमा विवादबारे वार्ता गर्न तोकिएका विशेष प्रतिनिधि अजित डोभलको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार दिल्ली पुगेका थिए। विशेष प्रतिनिधिका रूपमा दिल्ली पुगेका चिनिया विदेशमन्त्रीसँग भएको सहमतिबारे भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। 

भारतीय विदेश मन्त्रालयले जारी गरेको १२ बुँदे विज्ञप्तिको बुँदा नम्बर ९ मा लिपुलेक सहमतीबारे उल्लेख छ। उक्त बुँदामा भनिएको छ, ‘दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला गरी तीनै व्यापारिक नाकामार्फत सीमा व्यापार पुनः खोल्न सहमत भएका छन्।’ 

नेपालका सिमाविद्, इतिहास्विद् एवम् भूगोलविद्हरुले लिपुलेक नेपाली भूभाग रहेको बताउँदै आएका छन् । लिपुलेकको उत्तरतर्फ चीनको तिब्बत अवस्थित छ। 

भारतले नेपाली भूमि लिपुलेक नाका हुँदै एकतर्फी रुपमा तिब्बत जाने सडक बनाएको भन्दै विवाद उठिरहेका बेला फेरि यस्तो सहमति भएका विषय बाहिरिएको छ। 

लिपुलेक भारतको राजधानी दिल्लीबाट चिनियाँ नाका पुग्ने सबैभन्दा छोटो बाटो मानिन्छ । नेपाललाई बाइपास गर्दै छिमेकी दुई देशले यस्तो सहमति गरेको भन्दै नेपालले विरोध जनाउँदै आएको छ। 

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्