Kathmandu Press

सांसद सिंहको प्रश्न– सरकारकै संरक्षणमा अपराध बढेको हो कि ?

‘यो दुई तिहाइको सरकार हो, अपराध घट्नुपर्ने हो, व्यवस्था मजबुत हुनुपर्ने हो। तर उल्टै सरकारबाटै संरक्षित अपराध त भइरहेको छैन?’
सांसद सिंहको प्रश्न– सरकारकै संरक्षणमा अपराध बढेको हो कि ?

काठमाडौं, भदौ ४ : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा कानुन व्यवस्था बिग्रिँदै र सरकारको भूमिका प्रश्नवाचक भएको भन्दै कडा आलोचना गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हालको सरकारमाथि अपराध नियन्त्रण गर्न नसकेको मात्रै होइन, संरक्षण गर्ने आशंका समेत उठाएका छन्।

Hardik ivf

‘देशको कानुन व्यवस्था बिग्रिँदै गएको छ। अराजकता बढिरहेको छ । हत्या, हिंसा, बलात्कारजस्ता अपराधहरु बढिरहेका छन्,’ उनले भने, ‘यो दुई तिहाइको सरकार हो, अपराध घट्नुपर्ने हो, व्यवस्था मजबुत हुनुपर्ने हो। तर उल्टै सरकारबाटै संरक्षित अपराध त भइरहेको छैन?’

सांसद सिंहले अहिले सर्वसाधारण त्रासमा रहेको बताए। उनले दुई ठूला दलले दलगत प्रतिनिधिको नाममा साना पक्षलाई तर्साउने, दवाब दिने र निषेध गर्ने काम गरिरहेको आरोप लगाए।

‘कसैलाई कुर्सीबाट हटाउने, कसैलाई अदालतमा पेश गरेर थुनामा राख्ने प्रयास भइरहेको छ,’ सिंहले भने, ‘यो स्थिति लोकतान्त्रिक मुल्य र मान्यताविपरीत छ । सामान्य नागरिकमा निराशा र असुरक्षा बढ्दो छ।’ 
 

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्