Kathmandu Press

काग्रेस–एमालेका सांसदप्रति राप्रपा सांसद कार्कीको आक्रोश

‘एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएछन्। सही गराउने कस्तो पार्टी? सही गर्ने कस्ता माननीयहरु धिक्कार होस्?,’ उनले भनिन्।
काग्रेस–एमालेका सांसदप्रति राप्रपा सांसद कार्कीको आक्रोश

काठमाडौं, भदौ ४ : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउन एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएको भन्दै आक्रोस पोखेकी छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आसे पासे नियुक्ति गर्न उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउने प्रयास गरिएको बताएकी हुन्।
 
‘एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएछन्। सही गराउने कस्तो पार्टी? सही गर्ने कस्ता माननीयहरु धिक्कार होस्?,’ उनले भनिन्।

उनले खाली कागजमा हस्ताक्षरगरी संवैधानिक परिषद्मा बहुमत पुर्याउन आसे पासे नियुक्तिको लागि नौटङकी गरेको बताइन्। 

‘हिजो दिनभरी नौटङकी देखियो। एमाले र नेपाली कांग्रेसले आफ्ना माननीयहरुलाई खाली कागजमा सही गराएको भन्ने खबर सुनियो यो के को लागि भने भन्दा उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउने रे  संवैधानिक परिषद्मा बहुमत पुगेन उहाँहरुलाई बहुमत पुर्याउन आफ्ना आसे पासे नियुक्ति गर्नका लागि उपसभामुखलाई अविश्वासको महाअभियोग कुरा चल्यो,’ उनले भनिन्।

सांसद कार्कीको अभिव्यक्तिमाथि एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका थिए। उनले कार्कीको अभिव्यक्ति लाञ्छनापूर्ण रहेको भन्दै रेकर्डबाट हटाउन माग समेत गरे। 

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्