सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता
उनले न्यायिक छानबिन समिति बनाउन मिल्ने हो कि होईन भन्ने विषयमा पनि निष्कर्षमा पुग्ने भन्दै बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा पनि गहन छलफल गर्ने बताए।-(61)-1755675224.jpg)
काठमाडौं, भदौ ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सौर्य एयरलाइन्स दुर्घटना र त्यसले उजागर गरेका विषयवस्तुको दिगो समाधानको लागि अगाडि बढ्ने बताएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफलमा बोल्दै उनले सौर्य एरलाइन्स दुर्घटना र यसको दिगो समाधानका बारेमा धेरैपटक छलफल भईसकेको र सबै पक्षलाई राखेर मन्त्रालयमा छलफल गरेर निष्कर्षमा पुगेर अगाडि बढ्ने बताए।
उनले न्यायिक छानबिन समिति बनाउन मिल्ने हो कि होईन भन्ने विषयमा पनि निष्कर्षमा पुग्ने भन्दै बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा पनि गहन छलफल गर्ने बताए।
‘सौर्य एयरलाइन्स दुर्घटना र त्यसले उजागर गरेका विषयवस्तु र यसको एउटा दिगो समाधानका बारेमा हामीले धेरैपटक छलफल गरिसकेका छौँ। मन्त्रालय र मन्त्रालयसँग जोडिएको क्यान जसले प्राविधिक कुराहरु बुझ्नु हुन्छ,’ उनले भने, ‘ त्यसपछि अर्को छानबिन समितिले पनि जुन काम गर्यो उहाँहरु पनि सबैलाई राखेर, महान्यायाधिवक्ताको कार्यालय, कानून मन्त्रालय, अर्थ मन्त्रालय सबैलाई राखेर न्यायिक छानबिन समिति बनाउन मिल्ने हो कि होइन भन्ने कुराको निष्कर्षमा पुग्ने, बनाउने हो भने कस्तो बनाउने र त्यसलाई कसरी कार्यकारी बनाउने भन्ने विषयमा मन्त्रालयमा छलफल गर्छौं र निष्कर्षमा पुगेर अगाडि बढ्छौँ।’
यस बारेमा सुरक्षा र कानूनसँग सम्बन्धित केही छलफल पनि अगाडि बढि रहेको उनको भनाई छ।
बैठकमा उनले हवाई नीतिको ड्रफ्ट अन्तिम चरणमा पुगेको, १५ सालको ऐनलाई नयाँ मस्यौदा गर्ने क्रममा रहेको र दुई वटा ऐन समिति समक्ष नै रहेको पनि जानकारी गराएका छन्।











