Kathmandu Press

कांग्रेस–एमालेले हस्ताक्षर संकलनलाई आज पनि निरन्तरता दिने

मंगलबार उपलब्ध हुन नसकेका र राजधानी बाहिर रहेकाहरूले आज पनि हस्ताक्षर गर्ने बताइएको छ। 
कांग्रेस–एमालेले हस्ताक्षर संकलनलाई आज पनि निरन्तरता दिने

काठमाडौं, भदौ ४ : सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले बुधबार पनि जारी राख्ने भएका छन्। दुवै दलले मंगलबारबाट हस्ताक्षर संकलन सुरु गरेको थिए, त्यसलाई आज पनि निरन्तरता दिएका हुन्। 

मंगलबार उपलब्ध हुन नसकेका र राजधानी बाहिर रहेकाहरूले आज पनि हस्ताक्षर गर्ने बताइएको छ। 

Hardik ivf

दुवै दलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी स्वरुप हस्ताक्षर संकलन सुरु गरेका हुन्। तर, दुवै दलका नेताहरुले कुनै निश्चित उद्देश्य राखेर हस्ताक्षर संकलन नगरिएको बताउँदै आएका छन्। 

उपसभामुखाई हटाउन प्रस्ताव दर्ता गर्नका लागि ६९ जना सांसद भए पुग्छ। हटाउने निर्णयका लागि लागि भने दुई तिहाइ मत आवश्यक पर्छ।

संविधानको धारा ९१ को ‘ग’ मा ‘‘पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा’ सभामुख र उपसभामुखको पद रिक्त हुने भनिएको छ।

यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ अर्थात, १८३ जना सांसद आवश्यक पर्छ।

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, भदौ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्