Kathmandu Press

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका सहित ६ स्थानीय तह क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट 

मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गर्न लागेको एक सुचना मार्फत जानकारी गराएको छ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका सहित ६ स्थानीय तह क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट 

काठमाडौ, भदौ ३ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन  (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तह घोषणा गरेको छ ।  

मन्त्रालयले राष्ट्रिय स्तरमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ३ नगरपालिका र ३ गाउँपालिकालाई सम्मान गर्न लागेको एक सुचना मार्फत जानकारी गराएको छ।

Hardik ivf

मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्मानित हुने नगरपालिकाहरूमा चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिका रहेका छन् । 

यसैगरी, गाउँपालिकातर्फ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरु क्षेत्र गाउँपालिका उत्कृष्ट घोषित भएका छन् । स्याङ्जको अर्जुनचौपारी गाउँपालिका शिक्षा, पर्यटन, रोजगार र बिकासको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै आएको छ । अनलाइन खबरले हालै मात्र सार्बजनिक गरेको ४० बर्षमुनीका उत्कृष्ट ४० युवाको सुचीमा उक्त पालिकाका अध्यक्ष प्रकाश तिवारी समेत समावेश भएका  थिए । 

स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्रहरू पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसा मूल्याङ्कन गरिँदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार यी पालिकाहरूले राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गरेका हुन् ।
 

प्रकाशित मिति: २१:०५ बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्