Kathmandu Press

अन्तर्राष्ट्रिय ब्राण्ड बिल्डिङ्ग, मार्केटिङ्ग र कम्युनिकेशन कन्फ्रेन्स 'ब्राण्ड्स एण्ड वियोण्ड–२०२५' आयोजना हुँदै

अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा लामो समय काम गरी आफुलाई स्थापित गरेका ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुको उपस्थिति रहने छ।
अन्तर्राष्ट्रिय ब्राण्ड बिल्डिङ्ग, मार्केटिङ्ग र कम्युनिकेशन कन्फ्रेन्स 'ब्राण्ड्स एण्ड वियोण्ड–२०२५' आयोजना हुँदै

काठमाडाैं, भदाै ३ : ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी हुने ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ यही सेप्टेम्बर ४-५ अर्थात भाद्र १९ र २० गते ललितपुरको द प्लाजामा हुने भएको छ।

ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा संचालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो पटक आयोजना गरिएको थियो। जसमा विश्वविख्यात क्रियटिभ डाइरेक्टर र ब्राण्ड स्टाटेजिष्टहरुको उपस्थिति रहेको थियो। 

Hardik ivf

यस संस्करणमा पनि अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा लामो समय काम गरी आफुलाई स्थापित गरेका ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुको उपस्थिति रहने छ।

कार्यक्रममा मुख्य वक्ताका रुपमा दिल्लीका नरेश गुप्ता, मुम्बईका राजेश केभि, दुबईबाट सारा फोब्र्स, श्रीलंकाबाट सोहन धर्मराजा, सिंगापुरबाट स्टेफन सेवार्ज र बंगलादेशबाट तफिक मुमद लगायतले मार्केटिङ्गको पछिल्लो ट्रेण्ड र स्टाटेजी सँगसँगै केस स्टडीद्धारा सहभागिहरुको क्षमता विकास गर्नेछन्। नेपाल विज्ञापन बोर्डको समेत सहकार्य रहेको यस कार्यक्रममा नेपालको विभिन्न ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुसँगको अन्र्तक्रिया समेत समावेश हुनेछ। 

२ दिनसम्म चल्ने कार्यक्रममा विभिन्न ८ विषयगत सेसनहरु संचालन हुनेछन्। जसमा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा विश्वमा कहाँ के भैरहेको छ? अहिलको ट्रेण्ड के छ? डिजिटल मिडिया र एआई सम्मको आजको युगमा अबको मार्केटिङ्ग बजार कस्तो छ? अवसर कस्ता छन् र चुनौतीहरु के छन् भन्ने जस्ता विषयहरुमा छलफल र मन्थन हुनेछ।

ब्राण्ड र मार्केटिङ्ग क्षेत्रका दिग्गज देखि यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई एकैठाउँमा राखेर उनिहरुको अनुभव सुन्दा यसले नेपाली मार्केटिङ्ग क्षेत्रलाई पक्कै योगदान दिने आयोजकले विश्वास लिएको छ। 

विभिन्न अनौपचारिक कार्यक्रमहरु पनि समावेश गरिएकोले गेष्ट र सहभागीहरु छलफल हुने र भोलिका दिनमा एक आपसमा सम्बन्ध स्थापित गरी ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा नयाँ सम्भावनाहरुको ढोका खुल्न सक्ने अवसरको रुपमा लिइएकोले आयोजकले यस क्षेत्रमा आवद्ध रहेका सबैलाई जोडिन आग्रह गरेको छ। 

कार्यक्रममा सहभागी हुनका लागि रजिष्ट्रेसन खुल्ला भैसकेको छ। जसका लागि brandsandbeyond.brandguff.com मा गई रजिष्ट्रेसन गर्न सकिनेछ।
 

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, भदौ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्